भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्।

अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ। साभार : देश संचार

प्रतिक्रिया