आज असार १५ : बाँकेमा मनाइदै धान दिवस

नेपालगन्ज : हरेक वर्ष असार १५ गते मनाइने धान दिवस बुधबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ।

बाँकेमा असार १५ अर्थात धान दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर दुई स्थित सि गाउँमा धान दिवस मनाइदै छ । त्यस्तै विभिन्न स्थानमा रोपाई गर्दै धान दिवसमनाउने तयारी रहेको बताइन्छ

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्।

प्रतिक्रिया