नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको अध्यक्षमा ओली

नेपालगन्ज : नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको अध्यक्षमा नरेन्द्र ओली चयन भएका छन् ।

बिहिवार सम्पन्न नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको अधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा अब्दुल अहमद र सुनिल रसाइलीलाई चयन गरेको छ भने संघको सचिव र कोषाध्यक्षमा क्रमशः जगदीश भट्ट र जगदीश यादवलाई चयन गरेको छ ।

त्यस्तै नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको सदस्यहरुमा रग्वान शेख, राजेन्द्र बिष्ट, सुर्य किरण हमाल, जुना बिक, सोनु बिष्ट, नरेश तेलि, राहुल श्रेष्ठ, अस्मिता ओली चयन भएका छन् ।

प्रतिक्रिया