स्वर्गद्धारी यातायातले हटायो कर्मचारी

नेपालगन्ज :

विगत लामो समयदेखि नेपाल हुँदै भारतका विभिन्न शहरमा आम नेपालीलाई सेवा प्रदान गर्दै आएको स्वर्गद्धारी यातयात सेवा प्रालीले प्रालीमा कार्यरत कर्मचारी हटाएको छ ।

यहाँ कार्यरत कर्मचारीले केही दिनअघि स्वेच्छिक रूपमा कामबबाट विदा लिने निर्णय गरेपछि संस्थाले उनीहरूलाई २० गतेवाट लागु हुने गरी कामबाट हटाएको हो ।

प्रालीका अध्यक्ष दीपकराज चन्दले एक विज्ञप्ती निकाली संस्थामा यसअघि रहेका कर्मचारीलाई हटाइएकाले उनीहरूबाट आगामी दिनमा स्वर्गद्धारीका नाममा हुने कुनैपनि कामको जिम्मेवारी संस्थाले नलिने उल्लेख गरेका छन ।

शरदकुमार राना, मनोज खड्का, नसिम कुरैसी, बलबहादुर थापा शनिच्यर भनिने एकअर्का कर्मचारीलाई हटाइएको चन्द बताउँछन । उक्त संस्थाले लामो समयदेखि नेपालगन्ज् हुँदै भारतिय शहरमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया