राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा कुस्माखर बस्याल

नेपालगन्ज : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको बाँके जिल्ला इन्चार्जमा कुस्माखर बस्याल मनोनीत भएका छन् ।

बाँकेमा युवा संघमा तत्कालीन नेकपाको अवस्थामा समेत राम्रो पकड राख्न सफल बस्याललाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक समेत रहेका बस्यालले हालको एमालेमा युवालाई संगठित गर्न अग्रणी भुमिका खेलेका थिए ।

युवामाझ लोकप्रिय रहेका बस्याल नेकपा एमाले कोहलपुर नगर कमिटी सह इन्चार्ज तथा बाँके जिल्ला कमिटी सदस्य समेत हुन्।

प्रतिक्रिया