खजुरामा भोली देखि आठौं डाँफे कप फुटबल


नेपालगन्ज : बाँकेको खजुरामा हरेक वर्ष प्रतियोगिता संचालन गर्ने न्यु डाँफे स्पोट्र्स क्लवले यस पटक पनि प्रतियोगिताको आयोजना गरेको छ ।

खजुराको मिनि रङ्गशालाको खेल मैदानमा भोलि सोमबार देखि सुरु हुने आठौ डाँफे कप फुटबल प्रतियोगितामा २३ टिमले सहभागिता जनाउदै छन ।

आयोजक न्यु डाँफे स्पोट्र्स क्लवका अध्यक्ष हरि प्रसाद वि.क.का अनुसार प्रथम हुने टिमले ६५ हजार, द्धितीयलाई ३५ हजार, उत्कृष्ट स्कोररलाई ५ हजार, उत्कृष्ट खेलाडिलाई ५ हजार, म्यान अफ् द म्याच हुनेलाई १ हजार नगद सहित ट्रफि प्रमाणपत्र दिइने भएको हो । सोमबार दिउँसो २ बजे उद्घाटन कार्यक्रम हुने क्लवका अध्यक्ष वि.क.ले जनाए ।

१० गते देखि सुरु गरिने प्रतियोगिता १७ गतेसम्म सन्चालन हुने न्यु डाँफे स्पोट्र्स क्लवका सचिव यमनाथ दाहालले जानकारी दिए । सोमबारको उद्घाटन खेल न्यु डाँफे स्पोट्र्स क्लव सि टिम र बैजानाथ युवा क्लव विच प्रतिस्पर्धा हुने सचिव दाहालले जनाए । फाइनलको दिन साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया