प्रदेशको उम्मेदवार सिफारिस जिएमले अगाडी सारे आफ्ना योजना

नेपालगन्ज : प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा बाँकेमा चुनाबी सरगर्मी बडदै गएको छ ।

बाँकेको ३ वटा प्रतिनिधि सभा र ६ प्रदेश सभामा सबै जस्तो प्रमुख दलले केन्द्रमा उम्मेद्वार सिफारिस गरिसकेका छन र उम्मेद्वारहरु टिकटको रस्साकस्सीमा यतिबेला राजधानी केन्द्रित छन ।

यता केहि उम्मेद्वारले आफूले टिकट पाएको खण्डमा आफू ले ५ बर्षमा गर्ने योजनाहरु प्रस्तुत गर्न लागेका छन । 

यस्तैमा नेकपा एकीकृत समाजबादीका निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (क)का लागी प्रदेश सभा उम्मेद्वार सिफारिस भएका युवा संघ नेपालका केन्द्रीय महासचिब र पार्टी जिल्ला कमिटी सचिब दिपक जिएम (गौरी मगर) ले पनि आफ्ना योजनाहरु सार्बजनिक गरेका छन ।

उनले सार्वजनिक गरेका योजनाहरु

१) बाँके क्षेत्र नम्बर ३ प्रदेश (क) मा बसोबास गर्ने जनताहरु मध्य अति बिपन्न, बिपन्न, निम्न बिपन्न, मध्यम बर्गको पहिचान गर्ने।

२) खाना खान नपाउनेलाइ सहजै खाना खान पाउने व्यबस्था गर्ने।

३) बस्ने घर नभएकाहरुको पहिचान गरि सुरक्षीत आवासको वयवस्था गर्ने।

४) सहजै गुणस्तर शिक्षामा पहुच नपुगेकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्ने।

५) आर्थिक अभाबका कारण उपचार नपाउनेहरुका लागि निशुल्क उपचारको ब्यवस्था गर्ने।

६)  स्थानिय स्तरमै कृषि क्षेत्रलाई यान्त्रीकरण र व्यबसायिकीकरण गर्दै रोजगारिको सृजना गर्ने।

७) बैदेशिक रोजगारिमा जाने हाम्रो रहर नभइ बध्यता भएको हुदा सुरक्षा लगाएतको ग्यारेन्टी गर्दै सिपमुलक तालिम प्रदान गरि कोरिया, जापान, लगाएत खाडिमुलुकहरुमा सरकारी लगानीमा कम्तिमा १ घर १ व्यक्ती पठाउने ब्यबस्था मिलाउने।

आफ्ना प्रतिबद्धता र योजनाको बारेमा बताउदै  आउने ५ बर्ष भित्र यति काम गर्ने हो भने यस निर्वाचन क्षेत्र भित्र बसोबास गर्ने श्रमजीवी सर्वाहारा जनताको जीवन स्तरमा केही परिबर्तन पक्कै पनि आउने बताएका छन् ।

जिएम भन्छन्- अहिले मुलुकमा खासगरी भ्युटावर, पार्क जस्ता आयोजनामा अर्बौं बजेट खन्याउने ठेक्का, लाउने कमिसन खाने जस्ता क्रियाकलापले निरन्तरता पाइरहेकोले जनताको जीवन स्तरमा परिवर्न नआएको र हुदा खाने र बिचको ठिलो खाडल बन्दै गएको छ। तसर्थ यदि पार्टीले बिश्वास गरेर मंसिर -४ मा हुने आम निर्बाचनमा चुनावमा आफुलाइ ऋणलाग्ने भएको जमिन बेच्ने गरि अनावश्यक भोज भतेर जस्ता गति विधि नगर्ने र चार बर्ष ११ महिना हामी आफ्नो घरमा जे छ त्यही खादा नि जीवन चलेको छ, आफैले पेट्रोल र रिचार्ज हालेर, बाइक र मोबाइल चलेकै छ, १ महिना त्यो उम्मेदवारको अनावश्यक पैसा खर्छ गराएर फेरि ५ बर्ष उस्लाइ भ्रष्टाचार गर्ने दिशा तर्फ प्रोत्साहन गर्ने कुरोलाइ रोक्नुपर्छ ।

बाँकेमा नेकपा एसले प्रदेशमा एक सिट पाउने अनुमान गरिएको समयमा जिएमले योजना अगाडी सार्दा जिल्लामा उनको चर्चा चुलिदै गएको छ ।

प्रतिक्रिया