नेपालीलाई वैदेशिक रोजगारमा सबैभन्दा धेरै पठाउनेमा वाईड स्पेश

काठमाडौं : असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ । 

धेरै कामदार पठाउने सूचीको दोश्रो स्थानमा रहेको एक्सेस पाट्नर्स प्रा.लि.ले ६ सय १२ जना पठाउन अन्तिम श्रम स्वीकृति निकालेको छ । तेस्रो स्थानमा रहेको पाल्ही ओभरसिज प्रा.लि.ले ५ सय ८६ जनाको श्रम स्वीकृति निकालेको छ । 

सूचीको चौथो नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुक्टमेन्ट प्रा.लि.ले ५ सय ६७ जना, पाँचौ नम्बरमा रहेको मेरिडियन ओभरसिज प्रा.लि.ले ५ सय २६ जना, छैठौं स्थानमा रहेको मोन्टेज ओभरसिज प्रा.लि.ले ४ सय ५५ जना, सातौं स्थानमा रहेको नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ सय २९ जना, आठौं स्थानमा रहेको पारामाउण्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.ले ३ सय ८९ जना, नवौ स्थानमा रहेको रिभर ओभरसिज प्रा.लि.ले ३ सय ७६ जना र दशौं स्थानमा रहेको ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लि.ले ३ सय ७४ जनाको श्रम स्वीकृति निकालेको छ । – मध्यान्ह

प्रतिक्रिया