स्वतन्त्र उम्मेदवार डाक्टर कर्णको समर्थनको लागी बुटवलबाट डाक्टर निकोलस नेपालगन्जमा

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ (ख) का स्वतन्त्र उम्मेदवार बिनोद कर्णलाई समर्थन गर्न बुटवल देखि डा. निकोलस भुसाल नेपालगन्जमा आएका छन् ।

डाक्टर निकोलसले स्वतन्त्र उम्मेदवार कर्णको समर्थनमा नेपालगन्जमा घरदैलो गर्दै कर्णको लागी भोट माग्ने बताइएको छ ।

त्यस्तै बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले नेपालगन्ज वडा नम्बर १२ का मतदातालाई भेटघाट गरेका छन् ।

चुनावी घरदैलो अभियानका क्रममा प्रदेश (ख) प्रदेश सभा २ सदस्यका उम्मेदवार कर्णले १२ नेपालगन्ज  नम्बर वडाका मतदाताको घरदैलोमा पुगेका हुन् ।

नेपालगन्ज वडा नम्बर १२ का मतदाताले स्वतन्त्र उम्मेदवार प्रती देखाएको स्नेहले आफुलाई अझै उर्जा प्रदान गरेको उम्मेदवार कर्णले बताएका छन् ।
पूरा देशमा स्वतन्त्र प्रतिको क्रेज छ, नेपालगन्जमा पनि त्यो क्रेज देख्न पाइयो त्यसैले आफ्नो चुनावी अभियान सफल हुनेमा बिश्वस्त छु, कर्णले बताए ।

उता नेपालगन्ज वडा नम्बर १२ का मतदाताले पनि कर्णको चुनाव चिन्हमा मतदान गर्न आतुर रहेको जानकारी दिएका छन् ।

डाक्टर कर्ण जस्तो स्वच्छ छविको उम्मेदवार बाँकेमै कोहि नभएकोले स्वतन्त्र उम्मेदवार कर्णलाई भोट दिने सोचमा रहेको बताएका छन् ।

हामिले धेरै पार्टी र उम्मेदवारलाई भोट गर्यौ र जितायौ तर न नेपालगन्जको मुहार फेरियो न देशको त्यसैले अब स्वतन्त्र अनि नयाँ अनुहारलाई चुन्ने बताएका वडा नम्बर १२ का मतदाताले बताए ।

निर्वाचन आयोगबाट बिजुलीको चिम चुनाव चिन्ह पाएका कर्णले हरेक घरमा पुगेर आफ्नो चुनाव चिन्ह र आफ्नो प्रतिबद्धताको बारेमा मतदाता भेट्दै सम्झाउने गरेका छन् ।

कर्ण नेपालगन्ज मेडिकल कलेजमा कार्यरत छन् भने उनी मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लाष्टिक सर्जन हुन् ।

प्रतिक्रिया