‘धेरै फोन र म्यासेज आएका छन्, आफ्नो टोलमा आउनको लागी’ – स्वतन्त्र उम्मेदवार कर्ण

नेपालगन्ज : बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय घरदैलो गर्न भ्याइनभ्याई छ ।

एकातिर चुनावको मिति नजिकिदै छ भने मतदाताले समेत कर्णलाई आ-आफ्नो टोल र वडामा बोलाई रहेका छन् ।

स्वतन्त्र उम्मेदवार डाक्टर कर्ण नियमित घरदैलो संगै मतदाताले नै टोलमा जमघट गरेर बोलाउने स्थानमा पुग्दै आएका छन् ।

कर्ण भन्छन्- पछिल्लो समय मतदाताको घरमा पुग्न अपुग भएको छ, धेरै स्थानबाट फोन र म्यासेज आएका छन्, आफ्नो टोलमा आउनको लागी, सबै ठाउँमा हामी पुग्ने कोसिसमा छौं ।

पत्रकार संग कुरा गर्दै स्वतन्त्र उम्मेदवार कर्णले अगाडी थपे- ‘बाँकेमा पनो स्वतन्त्र उम्मेदवारलाई देखाउनु भएको सद्भाव र मायाले हामी उत्साहित भएका छौँ, बाँके निर्वाचन क्षेत्र नम्बर २(ख) मा यसपाली जनताको जित हुनेछ।’

त्यस्तै विभिन्न संघ-संस्था, टोलमा गठन भएका विभिन्न समुह तथा स्वतन्त्र युवाहरुले डाक्टर कर्णको चुनावी अभियानलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै अभियानमा जोडिदै गएका छन् ।

देशब्यापी रुपमा स्वतन्त्र उम्मेदवार प्रती देखिएको लहत यसपालि बाँके क्षेत्र नम्बर २ (ख) मा पनि देखिएको मतदाता बताउछन् ।

राजनैतिक दल प्रतिको बितृश्णा र डक्टर कर्णको स्वच्छ छवीको कारण बाँके क्षेत्र नम्बर २ (ख) मा चुनावी माहोल स्वतन्त्र उम्मेदवार प्रती हावी भएको मतदाताहरु आकलन गर्न थालिसकेका छन् ।

बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्ण मध्य तथा सुदुर पश्चिममै चर्चित प्लास्टिक सर्जन हुन भने कर्णले लामोसमय देखी ग्रीन नेपालगन्ज क्लिन नेपालगन्ज नामक अभियान संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया