समानुपातिक मत माग्दै नेकपा एस बाँके

नेपालगन्ज : मंसिर ४ को मिति नजिकिदै गर्दा बाँकेमा राजनैतिक दल र उम्मेदवार आ-आफ्नै तरिकाले चुनावी अभियानमा होमिएका छन् ।

यस्तैमा नेकपा एस बाँकेले भने समानुपातिक मत माग्दै आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ ।

सत्ता साझेदार दल बिचको सहमति अनुसार बाडफाड गरिएको सिटमा नेकपा एस बाँकेको भागमा प्रत्यक्षमा एक सिट पनि नपरे पछि नेकपा एस बाँकेले समानुपातिक मत माग्दै अभियान संचालन गरेको हो ।

नेकपा एसले सोमबार आज नेपालगन्जमा धरदैलो अभियान सुरु गरिएको नेकपा एस बाँकेका सचीव दिपक जिएमले बताएका छन् ।

आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ आफ्नो भाग नपरे पछि समाजबादीले क्षेत्र न १ र ३ मा गठबन्धनलाई सहयोग गर्ने र क्षेत्र न २ मा पनि गठबन्धन कै उम्मेदवार लाई सघाउने छ, जिएमले बताए ।

घरदैलो कार्यक्रममा समानुपातिकका उम्मेद्वारहरु सहित जिल्ला सचिवालय सदस्य ऋषि पोखरेल, करिष्मा योगि लगाएतको उपस्तिथी थियो ।

प्रतिक्रिया