सबै मतदाताको घरदैलोमा स्वतन्त्र उम्मेदवार बिनोद कर्ण

नेपालगन्ज : बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर बिनोद कर्ण आफ्नो निर्वाचन क्षेत्रको लगभग सबै मतदाताको घरदैलोमा पुगेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा संगै चुनाव लड्ने घोषणा गरेर मतदाता भेट्न सुरु गरेका डाक्टर कर्णले लगभग सबै मतदाताको घरदैलोमा पुगेको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार कर्णलाई मतदाताले समेत आ-आफ्नो टोल र वडामा बोलाई भेटघाट र आफ्ना समस्या राखेको बताउछन् कर्ण ।

बाँकेको युवा पुस्तामा मात्रै नभएर हरेक उमेर समुहमा स्वतन्त्र उम्मेदवार कर्ण प्रतीको क्रेज बलियो बनेको मतदाता बताउदै आएका छन् ।

लामो समयसम्म ग्रीन नेपालगन्ज, क्लिन नेपालगन्ज अभियान मार्फत सरसफाइ र बृक्षारोपनमा योगदान दिदै आएका कर्ण बाँकेको लागी आफैमा चर्चित अनुहार हो ।

कर्णलाई विभिन्न संघ-संस्था, टोलमा गठन भएका विभिन्न समुह तथा स्वतन्त्र युवाहरुले डाक्टर कर्णको चुनावी अभियानलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै अभियानमा जोडिदै चुनावी प्रचार तिब्र बनाएका छन्।

राजनैतिक दल प्रतिको बितृश्णा र डक्टर कर्णको स्वच्छ छवीको कारण बाँके क्षेत्र नम्बर २ (ख) मा चुनावी माहोल स्वतन्त्र उम्मेदवार प्रती हावी भएको मतदाताहरु आकलन गर्न थालिसकेका छन् ।

बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्ण मध्य तथा सुदुर पश्चिममै चर्चित प्लास्टिक सर्जन हुन ।

प्रतिक्रिया