चुनावको मुखमै नेपालगन्जमा बम विष्फोट, अर्को बम पनि फेला

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट भएको छ ।

सृजन मल्लको घरमा अघि राती ८ बजे तिर भएको बम बिष्फोटम सल्यान बागचौर–२ का डिल्ली डिसी सहित २ जना घाइते भएका छ्न। उनीहरुले केहिदिन अघि मात्र कोठा भाडामा लिएर बसेका थिए । बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गर्नु भएको छ ।

उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ । उनिहरु बिप्लबका कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ ।

घाइते दुबैजनाको प्रहरी नियन्त्रणमा भेरी अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । स्रोतका अनुसार सोही घरमा अर्को बम फेला परेको र नेपाली सेनाको टोलिले डिस्पोज गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया