दुबई हुँदै क्रोएसिया जान लागेका २१ जना पक्राउ

काठमाडौंः दुबई हुँदै क्रोएसिया जान लागेका २१ जना पक्राउ परेका छन् ।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु दुबई हुँदै क्रोएसिया जान लागेका र उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ । तर राहदानीमा त्यति रकम दरपिट गरिएको थिएन ।

थप अनुसन्धान र कानूनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । साभार : मध्यान्ह

प्रतिक्रिया