दलबहादुर सुनार एमाले प्रवेश गर्दै..!

नेपालगन्ज : माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य पूर्व राज्य मन्त्री तथा संविधानसभा सदस्य समेत रहेका दलबहादुर सुनारले नेकपा एमालेमा फर्किने तयारी गरिरहेको बताइएको छ ।

एमालेमा फर्किने तयारी स्वरुप सुनारले मंगलबार एमाले महासचिव शंकर पोखरेलसँग बाँकेको कोहलपुरमा छलफल भएको स्रोतले बताउँछन् ।

सुनारलाई एमालेमा फर्काउन बैजनाथका एमालेका नेताहरुले एक कार्यदल नै निर्माण गरेर लबिङ गर्दै आएको बुझिएको छ ।

एमालेबाट २०६४ सालमा संविधानसभा सदस्य तथा राज्य मन्त्री बन्नुभएका सुनार २०७० सालको संविधानसभा निर्वाचनमा बाँके ३ बाट निर्वाचित हुनुभएको थियो ।

एमालेको आन्तरिक विवादमा माधव नेपाल समूहमा रहेका सुनार पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सुनार निर्वाचनको सम्मुखमा एकाएक नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

यता बजारमा सुनार एमालेमा प्रवेश गर्ने हल्ला संगै उनलाई रोक्न माओवादी केन्द्रका उच्चतहका नेताहरू फकाउन लागि परेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्र प्रवेश संगै बाँके माओवादी नै दुई धारमा बाडिएको अवस्थामा उनलाई समर्थनमा उत्रिएका नेताहरू र एमालेका केहि नेताहरू भने सुनारको यो कदम प्रती रुष्ट रहेको टिकाटिप्पणी सुरु भएको छ ।

प्रतिक्रिया