कञ्चनपुरमा पत्रकारमाथी ज्यादती : दोषीलाइ कारबाही गर्न अनलाइन पत्रकार संघको माग

नेपालगन्ज : कञ्चनपुरका पत्रकार माथी प्रहरीले दुव्र्यवहार गरेको घटना प्रति अनलाइन पत्रकार सङ्घ नेपालले आपत्ति जनाएको छ ।

समाचार संकलनका क्रममा पत्रकारमाथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै संघका अध्यक्ष कमल न्याैपाने सामाजिक संजाल र विज्ञप्ति मार्फत संघका तर्फबाट आपत्ति जनाएका छन।

उनले यस्ता घटना नदाेहाराउने पनि सम्बन्धित पक्षलाई अनुराेध गरेका छन । समाचार संकलनमा खटिएका पत्रकारमाथि निरन्तर प्रहरीबाट दुर्व्यवहार भएको भन्दै सङ्घले त्यस्ता कार्यकाे विरोध गर्ने भनेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापासहितका केही प्रहरी अधिकृतले पत्रकारहरूमाथि दुर्व्यवहार गरेको भन्दै संघले आपत्ति जनाएको हो ।

भारतबाट साइकलमा मालसामान बोक्नेहरूको सामान जाँचका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका ५ सुकासालमा झडप भएको थियो ।

झडपका बेला समाचार संकलन गरिरहेका सीमा रेखा डट कमका सम्पादक राजेन्द्र नाथ र आभाषकुञ्ज दैनिककी सम्वाददाता ऐश्वर्या कुँवरमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो । झडपको भिडियो र फोटो संकलन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको पत्रकार राजेन्द्र नाथ बताउछन ।

प्रतिक्रिया