
विश्वास चपाई, बर्दिया : बाँके क्षेत्र नम्बर ३(१)बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्रीले आगामी आर्थिकबर्ष २०८०।८१ को बजेटमा केन्द्रीत रही स्थानीय बासिन्दासँग अन्तरक्रिया सुरु गर्नुभएको छ ।
जनताबाट प्राप्त मागको आधारमा आगामी बजेटमा समावेश गर्न राजनीतिक र प्रशासनिक निकायको ध्यानाकर्षण गराउने खत्रीको भनाई छ ।

पछिल्लो पटक बैजनाथ गाउँपालिकाको वडा नम्बर १ बाट जनतासँगको भेटघाट सुरु गर्नुभएको छ । बिहिवार र शुक्रबार गरि बैजनाथका वडा नम्बर १ देखि ४ सम्मका स्थानीयसँग छलफल गरेको खत्रीले बताउनुभयो ।
अधिकाँश भौतिक पूर्वाधार विकास अन्तर्गत सडक, पुलमा योजनाको माग गरेको खत्रीको भनाई छ । स्थानीयको माग सम्बोधनका लागि संघ र प्रदेशको वजेटमा समावेश गर्न अधिकतम पहल गर्ने उहाँले बताउनुभयो ।
