मदन भण्डारी पुस्तकालय बाँकेको साप्ताहिक प्रशिक्षण अभियान सुरु

नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालयमा अध्ययन र प्रशिक्षणलाई निरन्तर गरिने बताए अनुरुप शनिबारबाट साप्ताहिक प्रशिक्षण अभियान सुरु भएको छ ।

मदन भण्डारी पुस्तकालय बाँकेको आयोजनामा साप्ताहिक प्रशिक्षण अभियान सुरु गरिएको पुस्तकालयका अध्यक्ष किशोर थापाले बताएका छन् ।

शनिबार सम्पन्न पहिलो दिनको साप्ताहि प्रशिक्षण अभियानमा प्रमुख प्रशिक्षक समेत रहेका नेकपा एमालेका नेता देवराज भारले प्रशिक्षण दिइएको थियो ।

साप्ताहि प्रशिक्षण अभियान कार्यक्रम हरेक शनिबार १२ बजे नेकपा एमाले बाँकेको पार्टी कार्यालयमा हुने सचिव थापाले बताएका छन् ।

गतहप्ता मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि निर्णय गरेको थियो ।

प्रतिक्रिया