‘चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो’ – कृषि ज्ञान केन्द्र बाँके

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले कार्यान्वयन गरिएका चालु आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको छ ।

बुधबार नेपालगन्जमा संचारकर्मीहरु संग एक अन्तरक्रिया कार्यक्रम गर्दै कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको जनाएको हो ।

कृषि ज्ञान केन्द्रले चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो बताएको छ । बुधवार पत्रकारसँगको अन्तरक्रियामा कार्यालयमा जनशक्तिको अभावका बावजूद समयमा काम गर्न सकेको, केही उदाहरणीय काम सम्पन्न भएको निमित्त प्रमुख अहमदले जानकारी दिए ।

ज्ञान केन्द्रले चालु तर्फ ६३.०३ प्रतिशत र कुल बजेटको ६४.५६ प्रतिशत खर्च गरेको तथ्यांक उपलब्ध गराएको छ । पूँजीगत तर्फ ८० प्रतिशत खर्च भएको तथ्यांक ज्ञान केन्द्रको रहेको छ । ज्ञान केन्द्र तर्फ पशुको बजेटपनि परेपछि उपलब्धि प्रतिशत कम देखिएको हो । पशु तर्फको कार्यक्रम ज्ञान केन्द्रले कार्यान्वयन नगर्ने र बजेट समेत जेठमा मात्रै प्राप्त भएपछि व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको बजेट खर्च हुन नसकेको हो। ‘जेठमा बजेट आयो, सूचना निकालेर कार्यान्वयन गर्दा समय लाग्छ, त्यसपछि असारमा काम सम्पन्न हुन सक्ने देखिएन’, निमित्त प्रमुख अहमदले भने, ‘त्यसैले कार्यक्रम रोकियो ।’ उनले नरैनापुरको हाट बजार, बेतहनीको गोदाम घरलगायत योजना कार्यान्वयन गर्न नसकेको बताए ।

डुडुवा र जानकी गाउँपालिकामा बीउ आत्मनिर्भर कार्यक्रममार्फत तीन वटा बीउ उत्पादकसँग सम्झौता गरी कार्यक्रम गरेको, मौरी प्रवर्द्धन

कार्यक्रममार्फत एक वटा मौरी पालकसँग सम्झौता गरी कोहलपुर नगरपालिकामा कार्यक्रममा सञ्चालन गरेको, आलु मिसन कार्यक्रममार्फत तीन र आलु प्रवर्द्धन कार्यक्रममार्फत दुई वटा आलु उत्पादकसँग सम्झौता गरी डुडुवा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो। बगैचा सुदृढिकरण कार्यक्रममार्फत दुई वटा फलफूल बगैचा सञ्चालकसँग सम्झौता गरी कार्यक्रम गरेको, ब्लक विकास कार्यक्रममार्फत एक वटा धान ब्लक समितिसँग डुडुवा गाउँपालिकामा सम्झौता गरी कार्यक्रम गरिएको, कृषिजन्य उत्पादन सामाग्री ( मल, बीउ, विषादी) नियन्त्रण तथा अनुगमन अन्तर्गत खजुरा, नेपालगन्ज र कोहलपुर बजार क्षेत्र गरी १३ वटा एग्रोभेटको अनुगमन निरीक्षण गरिएको निमित्त प्रमुख अहमदले बताए ।

‘कृषिमा सम्भावना छ तर त्यसका लागि सबैले काम गर्नुपर्छ, निमित्त प्रमुख अहमदले भने, बाँकेमा कृषि उत्पादन बढाएर निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’ उनले त्यसको उदाहरण मह र च्याउ रहेको बताए। ‘अहिले बाँकेबाट मह र च्याउ अन्य जिल्ला निर्यात हुने गरेको छ, मेहनत गर्ने हो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिने, निर्यात पनि घटाउन सकिने बताउँदै उनले भने ।

सीमित स्रोत, साधन र जनशक्तिमा ज्ञान केन्द्रले काम गरिरहेको छ, आवश्यक जनशक्ति छैन, तर पनि काम भने यस बर्ष समयमै सकेका छौं’, निमित्त प्रमुख अहमदले भने, ‘अघिल्लो बर्ष जस्तो कार्यान्वयन गरिएका कार्यक्रमको भुक्तानी रोकिने अवस्था छैन, सबै भुक्तानी गरिसकेका छौं।’

प्रतिक्रिया