पुलचोक युवा सञ्जालले वृहत तीज गीत नृत्य प्रतियोगिता आयोजना गर्ने

नेपालगन्ज : पुलचोक युवा सञ्जालले वृहत तीज गीत नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हिन्दु नारीहरूको चाड हरितालिका तीजको अवसरमा भाद्र ३० गते पुलचोक युवा सञ्जालले वृहत तीज गीत नृत्य प्रतियोगिता २०८० आयोजना गर्न लागेको हो ।

मौलिक कला, भाषा, संस्कृति, भेषभुषा रहनसहन र सामाजिक सद्भावलाई प्रवर्धन गर्दै सांस्कृतिक पहिचान कायम गर्नका लागि पुलचोक युवा सञ्जालद्वारा वृहत तीज गीत नृत्य प्रतियोगिता २०८०” आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष महेश शर्माले जानकारी दिएका छन् ।

‘संजालले भाद्र ३० गते शनिवार पुलचोक कबर्डहलको मैदानमा वृहत तीज गीत नृत्य प्रतियोगिता २०८० आयोजना गर्दै छ’, कार्यक्रमको बारेमा अध्यक्ष शर्माले बताए ।

प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः १५ हजार ५ सय ५५, ११ हजार १ सय ११ र ७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् भने प्रतियोगितामा सहभागी हुन इच्छुक टिम (समूह) ले २०८० भाद्र २९ गते दिउसो ३:०० बजे भित्र आयोजकलाई जानकारी गराई टिम दर्ता गराइ सक्नु पर्नेछ ।

प्रतियोगिताको लागी  दर्ता शुल्क रु. १००५/- लाग्नेछ आयोजकले जनाएको छ भने समूह सहभागीताको लागी महेश शर्मा ९८५८०६७८७८, संजिव कुमार श्रेष्ठ, ९८४८०७०५७४ निरज पौडेल, ९८२८२५३२८६ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया