शहरबाट लखेटिएका गाई स्याहार्दै दिल बहादुर (भिडियो सहित)

नेपालगन्ज : बाँकेको राप्तीसोनारी वडा नम्बर ६ ढलैपुरका दिलबहादुर चौधरी हरेक दिन बिहान ५०-६० वटा गाई-गोरु लिएर नजिकै जंगलमा चरनका लागी निस्कन्छन् ।

दिनभर गाईगोरु चराएपछि साँझपख घर फर्किन्छन् । यसरी चराउन लगिएका गाईगोरु मध्ये दिलबहादुरका आफ्नै थोरै मात्र छन्, अधिकांस शहरबाट धपाईएका (लखेटिएका) वेवारिसे गाई रहेका छन् ।

गाईलाई शहरमा दूध दिदासम्म पाल्न नत्र सडक र जंगलमा छाड्ने गरिन्छ । त्यसरी छाडिएका गाईगोरु सम्हाल्न शहरमा हम्मेहम्पे परिरहेको छ । दुनियाले गाईलाई वेवारिसे छाड्दा दिलबहादुरले भने यसरी हेरचाह गरिरहेका छन् । हेरचाह गर्दा गाईगोरुले दिने गोवर बाहेक उनलाइ अर्को फाईदा छैन । त्यहि भए पनि दिनभर गाईगोरुको ग्वाला बनिरहेका छन् ।

शहरबाट छोडिएका गाई गोरु त्यस्तै छोड्दा गाउँघरमा अन्नबाली खाईदिने र नोक्सान हुने समस्या रहेको हुँदा आफुले त्यसरी शहरबाट लखेटिएका गाई गोरु स्याहार्दै आएको चौधरीले बताए ।

https://www.facebook.com/share/v/auwiTQrftiqjeqNY/?mibextid=2JQ9oc

प्रतिक्रिया