राप्तीमा सुन खोज्नेका दु:ख: सुनभन्दा पनि महँगा (भिडियो फिचर)

रामु ओली, नेपालगन्ज : आजको दिनमा सुनको मूल्य १ लाख १७ हजार बढी रहेको छ । सुन जति महँगो छ सुन चाल्नेका दुख त्यो भन्दा पनि महँगो रहेका छन् ।

दैनिकजसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अबैध सुन भित्रीएको नेपाली समाचारको हेडलाईन भन्दा पर पनि सुन खोजिन्छ अझ भनौ सुन चालिन्छ । तर तिनै सुन खोज्नेको दुख भने सुन भन्दा पनि महँगो छ ।

बाके जिल्ला राप्तीसोनारी गाउँपालिकाको राप्ती नदिमा बिहानै आफ्ना औजार सहित सुन चाल्न जाने राम लखन थारु र देगना थारु र समूह राप्ती सोनारी ६ कै गुल्दी गाउँका हुन् ।

बर्दियाका सोनाहा समुदायका ब्यक्तिहरुको सुन चाल्ने काम हेर्दा हेर्दै र उनिहरु संगै काम गर्दा गर्दै सुन चाल्न सिकिका उनिहरु आफैले सुन चाल्न थालेको भने १० बर्ष जति भयो ।

खेतीपाती मुख्य पेशा भए पनि खेतिपातिमा बर्षभरी नै काम नहुने हुँदा खेतिपातिबाट बचेको फुर्सदको समयमा सुन चाल्दै आएको बताउने देगना थारुले यो सुन चाल्ने काममा भने सुन जस्तै महँगा दुख सुनाए ।

बर्षामा सुन चाल्दा हातखुट्टा गल्ने, बलुवाले छाला खाने र ढाड दुख्ने तथा अन्य समयाहरु अत्याधिक देखिने बताए ।

खेतिपातीले मात्रै सबै आवश्यकता पूरा नगर्ने र नगद आवश्यकताको लागी सुन चाल्ने कामले धेरथोक गर्ज टर्ने गरेको लखन थारु बताउछन् ।

छरछिमेकका मिलेर एउटा समूह बनेर दैनिक जसो राप्ती नदिमा सुन चाल्दै आएका थारु र उनको समुहले प्राप्त सुन नेपालगन्जमा बिक्री गर्दै आएका बताउछन् ।

प्रतिक्रिया