नेपालगन्ज : खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई एक दिने अत्यावश्यक जलन ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अस्तित्व नेपालको सहयोगमा आइतबार खजुरा पालिकाका स्वास्थ्यकर्मीहरुको लागी एक दिने अत्यावश्यक जलन ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बिक ( तुफान ) को प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा सहजिकरण भेरी अस्पताल का सर्जन डाक्टर हरिहर देवकोटाले गर्नु भएको थियो ।
गर्मियाम सुरु हुन लाग्दै गर्दा बाँकेमा आगोबाट तथा अन्य रुपबाट मानिसहरुमा जलनको सम्भावना अति नै उच्च भएकोले गाउँ पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सुरु गरिएको संस्थाका प्रतिनिधि बृन्दा भट्टाचार्यले बताउनु भएको छ ।
कार्यक्रमको समापन पछि सहभागी पालिकाका स्वास्थ्यकर्मीले जलन ब्यवस्थापन अभिमुखिकरण कार्यक्रमले आगामी दिनमा कार्य गर्न सहजता हुने बताएका थिए ।