
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा भएको शिलशिलेवार भएको चोरी तथा डकैतीको घटनालाई लिएर नेकपा एमालेका नेताहरुले ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रवार नेकपा एमालेका नेताहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेट गरि ज्ञापनपत्र बुझाएका हुन् ।
बाँकेको जानकी गाउँपालिकाका विभिन्न वस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएको लुटपाटको घटनाले गाउँपालिकावासी डर त्रासमा बाँच्न बाध्य भएका छन् । वितेको दुई महिनाको अवधिमा जानकी गाउँपालिका वडा नं. ३ मानपुर, वडा नं. ४ को साहदतपुर र ढुडुवार, वडा नं. ६ को कपासी र सल्यानीटोलमा गरी आधादर्जन लुटपाटका घटना भएका छन् । मानपुरमा भएको डकैतीमा एकजनाको ज्यान गएको छ भने एकजना अहिले पनि गम्भीर घाईते रहेको जानकारी गराउदै सुरक्षाको प्रत्याभूति गराउन अनुरोध गरेका छन् ।
नेकपा एमालेका नेताहरु पदमबहादुर धिताल, भूमिसरा धिताल, किशोर थापा, खिमप्रकाश बिष्ट, सुरेश यादव, विश्राम बर्मा, जयराम यादव, राजितराम क्रां माद, माधवराम गडहरिया, किरणकुमार बर्मा लगायतकाले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेट गरि ज्ञापनपत्र बुझाएका थिए र स्थानिय त्रासमा जीवन बिताएको यथार्थलाई राख्दै सुरक्षाको प्रत्याभूति गराउन अनुरोध गरेको नेकपा एमाले बाकेका सचिवालय सदस्य समेत रहेका जानकी गाउँपालिका इन्चार्ज किशोर थापाले बताए ।
हेर्नुस् ज्ञापनपत्र


