
नेपालगन्ज : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा आगामी कार्यकालको लागी उम्मेदवारको रस्साकस्सी सुरु भैसकेको छ ।

अध्यक्ष, उपाध्यक्ष र सचीवमा उम्मेदवारको कडा प्रतिस्पर्धा देखिए पनि उपसचिवमा भने प्रतिस्पर्धा खासै देखिएको छ ।
युवा संघबाट नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका किशोर थापाले एमाले बाकेको नवौं अधिवेशनको लागी उपसचिवमा दावी प्रस्तुत गरे पछि उपसचिवमा भिडन्त प्रतिस्पर्धामा जान सकेन ।
बाँकेमा लोकप्रिय मानिने युवा नेता किशोर थापा उपसचिवको दौडमा सुरु देखि नै लागेका थिए । थापाले आफ्नो दावेदारी उपसचिवमा मात्रै रहेको भन्दै अधिवेशनको तयारी सुरु हुँदा देखि नै लबिङ र कार्यकर्ता भेटघाट तथा प्रतिनिधि भेटघाटलाई बाक्लो बनाएका थिए ।
हरेक पालिकाका वडाबाट छनौट भएर आएका प्रतिनिधिले थापालाई उपसचिवमा ल्याउनु पर्ने प्रष्ट धारणा सहित अधिवेशन स्थलमा माहोल रहेको बताउने गर्छन् ।
अध्यक्ष, उपाध्यक्ष र सचिवमा फरक फरक बिचार र समर्थन देखिए पनि उपसचिवको हकमा भने किशोर थापा प्रतिको माहोल एकलौटी रहेको देख्न सकिन्छ ।
युवा नेता किशोर थापाले आफुलाई पदाधिकारीमा चयन गरे पार्टी, कार्यकर्ता र आमजनताका लागि गर्ने काम गर्ने र मिसन २०८४ लाई आत्मसाथ गरि ‘समृद्ध बाँके, सुखी बाँकेबासी’ मा जोड दिएका छन् । बाँकेमा एमालेलाई एक नम्बरको पार्टी बनाउन रातदिन खटिने प्रतिवद्धतासहित उनले खुला नाकाका कारण बाँकेबासीले भोग्दै आएको समस्यालाई सहज बनाउन राजनीतिक दलहरुसँग समन्वय गर्ने जनाएका छन् ।
पार्टीले दिएको जिम्मेवारी सहज रुपमा पूरा गर्ने क्षमता भएका किशोरले हरेक दुख, सुखमा नेता, कार्यकर्तालाई सघाउने स्पष्ट पारेका छन् । पार्टीको जिम्मेवारी पाएपछि जनता माझ नजाने, पार्टीभन्दा आफ्नो लागि गर्ने र जनताका कुरा नसुन्ने प्रबृत्तिको अन्त्य गर्ने उद्घोष गर्दै उनले ‘एमालेसँग जनता’ अभियान चलाउने बताएका छन् । ‘बर्खामा मात्र उम्रिने च्याउ जस्तै अधिवेशनका बेलामात्र पार्टी कार्यालय र जनता माझ जाने प्रबृत्ति अन्त्य गरि दिनमा ८ घण्टा पार्टी र जनताको काममा खटिने सिस्टम बसाल्ने योजनाका साथ उप–सचिवमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने, ‘म अहिले पनि अधिकांश समय पार्टी र जनताको काममा विताउँछु । उप–सचिवको जिम्मेवारी पाएँ भने पार्टीलाई बलियो बनाउन रातदिन नभनि पार्टीको काममा खटिने छु ।’
उनले पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउन प्रविधिको विकास गर्ने योजना पनि बनाएका छन् । ‘पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउने प्रविधिको विकास मैले मेरो कार्यकालमा गर्ने छु,’ उनले भने ।
किशोर थापा एमालेका नेता, कार्यकर्ता माझ लोकप्रिय छन् । यूवा पुस्तालाई रोजगारमा लाग्न प्रेरणा दिने उनी समस्यामा परेकालाई दिल खोलेर सहयोग गर्छन् । आफ्ना नेता, कार्यकर्तालाई जोगाउन जुनसुकै परिस्थितिको सामना गर्न उनी पछाडी हट्दैनन् । उनले एमालेका यूवा पुस्ताको समस्यालाई नजिकबाट नियालेका छन् । उनले यूवा पुस्तालाई आवश्यक परेको बेलामात्र प्रयोग गर्ने परिपाटीको अन्त्य गर्न आफूले उप–सचिवमा उम्मेदवारी घोषणा गरेको बताउँछन् । थापा भन्छन्, ‘हाम्रो पार्टी एमालेमा यूवाको ठूलो जमात छ, तर यूवा पुस्तालाई आवश्यक परेको बेला मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गर्ने परिपाटी छ । यसको अन्त्य गर्ने आवाज मैले पहिले पनि उठाउँदै आएको छु । उप–सचिवको जिम्मेवारी पाएँ भने यूवालाई स्वरोजगार बनाउने र यूवाको समस्या सुल्झाउने अभियान थाल्ने छु । यूवाको हरेक समस्यामा साथ दिने र यूवालाई सक्रिय बनाउँदै पार्टीसँग जोड्ने पुलको काम मैले गर्ने छु ।’


