एमाले बाँकेको नवौं अधिवेशन : सचीव पदमा भिम ओलीको बलियो दावेदारी

नेपालगन्ज : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा आगामी कार्यकालको लागी उम्मेदवारको रस्साकस्सी सुरु भैसकेको छ ।

एमाले बाँकेको आगामी कार्यकालको लागी अध्यक्ष, उपाध्यक्ष र सचीवमा उम्मेदवारको कडा प्रतिस्पर्धा देखिएको छ ।

बाँके एमालेमा दिन रात खटिने नेताको रुपमा आफ्नो परिचय स्थापित गरेका भिम ओलीले सचिवमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुद बाकेमा सफल आयोजना गरेर देशभर बाँकेको खेलकुदमा ठुला आयोजना गर्न सफल परिचय दिन सक्षम नेताको रुपमा भिम ओलीले जिल्लामा मात्रै नभएर देशभर नै आफ्नो परिचय समेत स्थापित गर्न सफल नेताको रुपमा चिनिन्छन ।

पार्टी र जनताको काममा रात दिन समेत नभन्ने भिम ओलीले एमाले बाँकेको नवौं अधिवेशनमा सचिव पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेर अधिवेशनमा होमिए संगै सचिवमा उनको बलियो सम्भावना रहेको अधिवेशन स्थलमा चर्चा सुरु भएको छ ।

प्रतिक्रिया