अत्याधिक मतले उप-सचिवमा किशोर थापा विजयी

नेपालगन्ज : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा अत्याधिक मतका साथ उपसचिवमा किशोर थापा विजयी भएका छन् ।

बाँकेमा लोकप्रिय युवा नेताको रुपमा परिचय भएका थापाले २६३ मत प्राप्त गरेका थिए । उपसचिवमा थापाको प्रतिस्पर्धामा रहेका दिपक बर्माले १२९ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् ।

त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३६ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०० मत, भिम वलीले ८९ मत र दत्त आचार्यले ८३ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् ।

प्रतिक्रिया