ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ बाँकेको अध्यक्षमा मगर

नेपालगन्ज :  ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको अध्यक्षमा जनक पहराई मगर चयन भएका छन् ।

ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम अधिवेशनले मगरको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महोमद फरिल, उपाध्यक्ष नवीन शर्मा , सचिवमा रविन पोखरेल , महासचिव सुर्य गिरि, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिल बहादुर आले र सदस्यमा रेवत महोतो, रामु गोैंतम, अशोक गुरुङ, असत् तिमिल्सिना , शमशाद शेख, सुरेश कुमार चोैंधरी, ह्वावेल थारु, राम कुमार थापा मगर, पुर्ण बहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो ।

बाँकेका विभिन्न ठाउँमा ब्यवसायी गरि बसेका सम्पूर्ण ग्रिल, स्टील तथा आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उदेश्य रहेको र सबै आल्मुनियम तथा ग्रिल उद्योग माथि हुने विभिन्न विभेद, समस्या , अप्ठ्यारो समयमा सहकार्य जस्ता कार्यमा सधै एकजुट हुने प्रतिबद्धता सहित समिति गठन गरिएको अध्यक्ष जनक पहराइ मगर बताउनुभयो ।

प्रतिक्रिया