
नेपालगन्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर दुईका वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफुले पाउने सेवा सुविधा तथा तलबबाट हावाहुरीले घरको छाना पुर्ण रुपले क्षती पुराएको घर धनिलाई सहयोग गरेका छन् ।
अषाढ ५ गते आएको हावाहुरीबाट पिडित राप्ती सोनारी गाउँपालिका वडा नम्बर दुईका ४ घर परिवारको लागी अध्यक्ष ओलीले आफुले पाउने सेवासुबिधाको रकमले १०० थान टिन सहयोग गरेका हुन् ।
अषाढ ५ गते आएको हावाहुरीकाले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा चार वाट घरको छाना पुर्ण रुपले क्षति भएको थियो ।
वडा अध्यक्ष ओलीले १०० थान टिन हस्तान्तरण गर्दै आफुले बाचा गरे अनुसार आफुले पाउने सेवा सुविधा र तलबबाट १०० थान टिन आज घर धनीलाई उपलब्ध गराएको बताएका छन् ।