राष्ट्रिय युवा सघं नेपाल बाँकेले सम्पन्न गर्‍यो एक महिने वृक्षारोपण अभियान

नेपालगन्ज : राष्ट्रिय युवा सघं नेपाल बाँकेले एक युवा पाँच विरुवा नारा दिइएको एक महीने वृक्षारोपण अभियान बाँकेको आठवटै पालिकामा सम्पन्न गरेकाे छ ।

राष्ट्रिय युवा सघं नेपाल बाँकेले सहकार्यमा बाकेका सबै पालिकामा बृहत बृक्षाराेपण गरिएको राष्ट्रिय युवा सघं नेपाल बाँकेका अध्यक्ष  ज्ञानेन्द्र राज ओलीले बताउनुभएको छ ।

अध्यक्ष ओलीका अनुसार महाअभियान अन्तर्गत अन्तिम दिन डुडुवा, नरैनापुर र राप्तीसाेनारिमा बृक्षाराेपण गरि अभियान सकिएकाे छ ।

यस अघि खजुरा, बैजानाथ, काेहलपुर र नेपालगन्जमा सङ्घले बृक्षाराेपण गरिसकेकाे राष्ट्रिय युवा सघं नेपाल बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिनुभएको छ ।

सचिव रसाइलीका अनुसार राष्ट्रिय युवा सघं नेपाल बाँकेले सहकार्यमा बाकेका सबै पालिकामा गरेर ४ हजार बढी विभिन्न जातका बिरुवा रोपेको जानकारी गराएका थिए ।

शनिबार एक महिने वृक्षारोपण अभियानको राप्तीसाेनारि गाउँपालिकामा भएको समापन कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले राष्ट्रिय युवा संघ नेपालले गरेकाे याे काम हरियालि नेपाल निर्माण अभियानकाे रुप भएको बताएका छन ।

राष्ट्रिय युवा संघको एक महिने महा अभियानको समापन कार्यक्रममा बोल्दै उपसचिव थापाले यस्तो बताएका हुन

राष्ट्रिय युवा संघको एक महिने महा अभियानमा राष्ट्रिय युवा सघं नेपाल नेपाल केन्द्रिय सदस्य तथा बाँके जिल्ला इनचार्ज बिपेन्द्र लाम, केन्द्रीय सदस्य मनोज बि.क, राज कुमार योगी, सन्दीप बानिया, लक्ष्मि छेत्री,
रास्ट्रीय युवा संघ नेपाल लुम्बिनी प्रदेश सह-सचिब भूपाल शर्मा, लुम्बिनी प्रदेश संगठन बिभाग प्रमुख रबी शंकर वर्मा,सदस्य प्रकाश रसाइली,बिनय भण्डारी,किरण छेत्री,नेत्र बम,

राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला उपाध्यक्ष रमेश मिजार,सह सचिब नारायण खनाल, कोषाध्यक्ष मुना बी.सी र ८ वटैपालिका युवा नेता र पार्टीका नेताहरु सहित पत्रकार कमल न्यौपाने लगायतको सहभागी समेत रहेको थियो ।

प्रतिक्रिया