‘निर्दोष नफसुन र दोषी नछुटुन’ – राष्ट्रिय युवा संघ नेपाल बाँके

नेपालगन्ज : भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा बैजनाथ ७ का सुलभ मल्ल र राप्तीसोनारी २ का सन्दीप विष्ट माथी भएको घटना प्रति राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीले दुःख व्यक्त गरेकाे छ ।   घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

उपाध्यक्ष रमेश मिजार र सचिव सुनिल रसाइलीले घटनाका बिषयमा धारणा सार्वजनिक गर्दै  कानूनलाई हातमा लिएर गरिने यस्ता क्रियाकलाप प्रति गम्भिर ध्यानाकर्षण गर्दै घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याई कारवाही गर्न जोडदार माग गरिएको छ ।

उक्त घटनाका सन्दर्भमा कपोकल्पित आरोप लगाई पुरानो रिसिभि साध्ने गरी घटनामा संलग्न नभएका र उक्त घटनाको बारेमा कुनै पनि जानकारी नभएको राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्लाका अध्यक्ष कमरेड ज्ञानेन्द्रराज वलीलाई व्यक्तिगत र सामाजिक जिवन समाप्त गर्ने गरी घटनामा भएको प्रति आपत्ति व्यक्त गरिएको छ ।

जवरजस्त दोषी प्रमाणीत गर्न खोजी उक्त घटनालाई राजनीतिक रुप दिँदै संगठन र पार्टीलाई नै बदनाम गराउने गरी घटनालाई अतिरन्जित बनाएर आपसि रिस र बदलाको भावना राखी निर्दोष व्यक्तिहरूलाई फसाउने नियोजित योजना बनाएको प्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।

घटनामा संलग्न नभएका राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्लाका अध्यक्ष कमरेड ज्ञानेन्द्रराज वलीलाई प्रमाणहिन आरोपकै आधारमा गरिएको गिरफ्तार प्रति राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटी खेद व्यक्त गर्दै यथाशीघ्र रिहाईको जोडदार माग गरिएको छ।

साथै, निर्दोष नफसुन र दोषी नछुटुन भन्ने मान्यतालाई आत्मसाथ गर्दै निर्दोष व्यक्तिहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाउने र घटनालाई तोडमोड गरेर राजनीतिक रुप दिदै समाजलाई द्वन्द्व तर्फ लैजाने प्रयास भएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल देश व्यापीरूपमा कडा कदम चाल्न बाध्य हुने कुरा  प्रेस विज्ञाप्ती मार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया