
नेपालगन्ज : पछिल्लो समय बाँकेमा स्केटिङ्को क्रेज बढे संगै जिल्लाको विभिन्न स्थानमा स्केटिङ सेन्टर धमाधम खुल्न थालेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जि गाउँमा नयाँ स्केटिङ सेन्टरको मंगलबार सुभारम्भ गरिएको छ ।
बैजनाथ ५ जि गाउँमा मंगलबार एक औपचारिक कार्यक्रम गरि बैजनाथ स्केटिङ एण्ड खेल संसार को सुभारम्भ गरिएको हो ।
दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा सुभारम्भ गरिएको बैजनाथ स्केटिङ एण्ड खेल संसारमा दसैं अवधिभर विशेष छुटको प्याकेज रहेको बैजनाथ स्केटिङ एण्ड खेल संसारका एक प्रोप्राइटर अशोक भण्डारीले जानकारी दिएका छन् ।
भण्डारीका अनुसार दसैं तथा सुभारम्भको अवसरमा १५० रुपैया स्केटिङ खेल शुल्क तथा मोजाको शुल्क ५० रुपैयाँ तोकिएको जानकारी दिएका छन् ।
अशोक भण्डारी र प्रकाश रसाइलीको संयुक्त लगानीमा संचालित बैजनाथ स्केटिङ एण्ड खेल संसारले स्केट पारखीको लागी विभिन्न सुबिधाहरु थप्दै र ब्यवस्थित बनाउदै लैजाने प्रोपराइटर प्रकाश रसाइलीले बताएका छन् ।