बी–ग्रुपको नेतृत्वमा डा.भण्डारी

बाँके : भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) बाँकेको अध्यक्षमा डा.इन्द्रबहादुर भण्डारी निर्वाचित भएका छन् । गत सोमबार आयोजना गरिएको बि–ग्रुपको रजत जयन्तीमा डा.भण्डारी निर्वाचित भएको हुन् ।

डा. भण्डारीले निवर्तमान अध्यक्ष टेकबहादुर पुनलाई पराजित गरेका हुन् । कूल खसेको ४४ मतमा डा.भण्डारीले २४ मत पाउँदा पुनले १६ मत पाएका थिए ।

यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्ष मिरा खनाल, सचिवमा कमलराज खत्री, सह सचिवमा कालिका बस्नेत र कोषाध्यक्षमा नर्वदा दाहल रहेका छन् ।

सदस्यहरुमा बिन्दु शर्मा, सुशीला श्रेष्ठ, राम निवास यादव र कंगन कडेल रहेका छन् ।

बि–ग्रुपको रजत जयन्तीमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरी, उपाध्यक्ष सीता कार्की, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

बि–ग्रुपलाई बाँके जिल्लाको चलायमान संस्थाका रुपमा लिइन्छ । विभिन्न दातृ निकायहरुको सहयोगमा बाँकेमात्र नभएर अन्य जिल्लाहरुमा पनि बि–ग्रपले स्वास्थ्य, विपत एवम् आवश्यकताका आधारमा समुदायमूखी काम गर्दै आई रहेको छ ।

प्रतिक्रिया