केयरसिटी अस्पतालको चौथो वार्षिकोत्सबको अवसरमा निशुल्क स्वास्थ्य शिविर हुने

नेपालगन्ज : केयरसिटी अस्पतालको चौथो वार्षिकोत्सबको अवसरमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नेपालगन्जको केयरसिटी अस्पतालको चौथो वार्सिकोत्सबको उपलक्ष्यमा अस्पतालले आइतबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । आइतबार ११ देखि साझ ५ बजे सम्म निशुल्क स्वास्थ्य शिविर चल्ने छ ।

अस्पतालले बालरोग, स्त्रीरोग तथा फिजिसियन सम्बन्धि एक दिने निसुल्क स्वास्थ शिबिर संचालन गर्न लागेको र सोको लाभ लिन सबैमा अनुरोध समेत गरेको छ ।

साथै वार्सिकोत्सबको उपलक्ष्यमा अस्पतालले ल्याबमा २५ प्रतिशत छुटको ब्यवस्था गरेको छ भने एक्सरे तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट, भर्नामा २० प्रतिशत छुट तथा नर्मल तथा दुरविन प्रविधिद्वारा गरिने अप्रेसनमा १० प्रतिशत छुट दिने अस्पतालका म्यानेजिङ डाइरेक्टर सन्तोष शाहले जानकरी दिनुभएको छ ।

‘हामिले हाम्रो अस्पतालको चौथो वार्सिकोत्सबको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर संगै विभिन्न सेवाहरुमा छुटको ब्यवस्था गरेका छौं’, शाहले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ विष्णु थापा, स्त्रीरोग विशेषज्ञ राजन महत तथा फिजिसियन
दिपेन्द्र थापाले स्वास्थ्य चेकजाँच गर्ने अस्पतालले जानकारी दिएको छ ।

नेपालगन्जमा स्थापनाकाल देखि नै प्रविधिको नविनतम प्रयोग गति स्वास्थ्य सेवा प्रवाह गर्दै आएको केयरसिटी अस्पतालले विषेश अवसर पारेर निशुल्क स्वास्थ्य परिक्षणको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया