नेपालगन्ज : बाल्मिकी समाज नेपालले बुधबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर उच्च शिक्षा अध्ययन गरेका १९ जना युवाहरुलाई सम्मान गरेको छ ।
जसमा १८ जना नेपालगन्जका र एकजना कोहलपुरका युवाहरुलाई दोसल्लाह र प्रमाण पत्र दिएर सम्मान गरिएको हो ।
त्यसैगरी उक्त कार्यक्रममा १ देखि ८ कक्षासम्म अध्ययन गर्ने ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । जसमा झोला, कपी, कलमलगायतका सामाग्री रहेका थिए ।
अध्यक्ष जगदिशका अनुसार बाल्मिकी समुदायका बालबालिकालाई शिक्षाप्रति अग्रसर गराउन शैक्षिक सामाग्री वितरण गरिएको हो । यसअघि पनि पटक – पटक बाल्मिकी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने गरिएको उनको भनाइ छ ।
कार्यक्रममा बाल्मिकी समुदायमा अझै पनि शैक्षिकस्तर, चेतनास्तर र आर्थिकस्तर कम भएको मानिने नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले बताएका छन् भने वाल्मीकि समुदायका विद्यार्थीलाई उच्च शिक्षाको लागी उपमहानगरपालिकाले सहयिग गर्ने समेत बताएका छन्।