नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित, देवार्चना बनिन् सभापति

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सचिव र कोषाध्यक्षसहित सबै पदमा अखिलकै उम्मेदवार निर्वाचित भएको उनले बताए ।

प्रतिक्रिया