एमाले बाँकेको जनसंगठन हाकेका ‘किशोर’

गतबर्ष जेठ ४–५ गते सम्पन्न नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा अत्याधिक मतका साथ उपसचिवमा विजयी भएका किशोर थापा त्यसयता पार्टीको जन संगठन र बाँके जिल्लाको समसामयिक राजनैतिक तथा सामाजिक समस्याको लागी निरन्तर लड्दै आएका छन् ।
सामान्य एकजना मात्रै ब्यक्तिको समस्या किन नहोस्, त्यसलाई उठान गरेर राज्य संयन्त्रबाट काम गराउने देखी जिल्लामा भएका प्राकृतिकप्रकोपपिडितको घरमा मल्हम लगाउदै आएका किशोर थापाले यतिबेला नेकपा एमाले बाँकेको जन संगठन संयन्त्र हाकेका छन् ।

१ जेठ, २०४० सालमा बाँकेको जानकी गाउँपालिका २ बेलभारमा जन्मिएका किशोर थापा राष्ट्रिय यूवा संघको केन्द्रिय सदस्य भई कुशलताका साथ जिम्मेवारी पूरा गरिसकेका छन् । राष्ट्रिय यूवा संघको जिल्ला कमिटी सदस्यबाट एमालेको राजनीति थालेका उनी काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको बाँकेमा विगविगी भएका बेला उदायका नेता हुन् ।

यूवा संघको बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि गाउँ–गाउँमा गएर यूवा संघको संगठन विस्तार गरेका उनी संगठनको शिर झुक्न नदिन विपक्षी दलका भ्रातृ संगठनहरुसँग जुध्दै बाँकेमा यूवा संघलाई एक नम्बरमा ल्याउन सफल भए । यूवा संघ बाँकेको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, बाँके जिल्ला इन्चार्ज लगायत भूमिका निभाइसकेका किशोरसँग पाएको जिम्मेवारी पूरा गर्ने क्षमता, दक्षता र कुशलता छ भन्ने कुरा बारम्बार प्रमाणित गर्दै आएका छन् ।

आन्दोलनको काँपबाट राजनीतिमा उदायका थापासँग राजनीतिसँगै कुटनीति कला भरपुर रहेको छ । शान्त, भद्र स्वभाव भएका किशोर कहिलै रिसाउँदैनन् । जस्तोसुकै असहज परिस्थितिमा पनि सहज रुपमा प्रस्तुत हुने उनी यूवा पुस्तामा लोकप्रिय छन् नै पार्टीमा पनि बलियो पकड बनाएका छन् ।

सवैको भलो चिताउने उनी सहयोगी छन् । स्वभाब नम्र छ । आफूभन्दा सानालाई औधि माया गर्ने किशोर आफूभन्दा ठुलालाई शिर झुकाएर सम्मान गर्छन् । सबैलाई समान व्यवहार गर्ने र राजनैतिक, सामाजिक तथा आर्थिक रुपमा सबैलाई अगाडी बढाउन भुमिका र मद्दत गर्ने स्वभावका नेताको रुपमा जिल्लामा परिचय बनाएका छन् ।

विपक्षीहरुसँग कहिलै नझुक्ने उनी आन्दोलनकै बलमा संगठनलाई बाँकेमा स्थापित गर्दै राजनीतिमा आफूलाई दर्ज गर्न सफल भएका हुन् । नेता, कार्यकर्ताको हितमा ज्यान दिन तयार हुने किशोरसँग विवाद सुल्झाउने, प्रहरी, प्रशासनसँग कुरा गर्ने कौशलता पनि उत्तिकै छ ।
थापाले एमाले बाकेको उपसचिवमा निर्वाचित भए संगै उठाएको जनताको एउटा मुद्दाले राष्ट्रिय स्तरमै चर्चा पायो र राज्यले समस्यालाई केही समयमै समाधान समेत गरेको थियो ।

‘नेपालगन्ज भंसारकाे ब्यारियल रातिमा बन्द हुँदा स्थानीयलाई सास्ती, तत्काल खाेल्न एमाले बाँकेका उपसचिव किशाेर थापाकाे सिडिओलाई ध्यानाकर्षण’ शिर्षकमा धेरैजसो मिडियामा किशोर थापाले उठाएका मुद्दा ले स्थान पाएको थियो ।

नेपालगन्ज भंसार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिकाे समयमा खुल्ला राखेर स्थानीय नागरिकले भाेग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका थिए । केही समय पछि नै उक्त समस्या समाधान गरिएको थियो ।

त्यस्तै किशोर थापा जिल्लामा भएका जुनसुकै प्राकृतिक तथा कुनैपनी भएका भब्यतब्य घटनामा पिडितलाई मल्हम लगाउन पुग्ने र सहयोग गर्दै सहयोगको लागी पहलकदमी समेत गर्दै आएका हुन्छन् । समाजमा हुने र भएका कयौं समाजिक तथा राजनैतिक समस्या समाधान गर्ने कुसलताले भरिएको थापा जिल्लावासीको सहज पहुँचमा रहदै आएका छन् ।

यता नेकपा एमाले बाँकेको जन संगठन संयन्त्रको जिम्मेवारी सम्हाले संगै थापाले जनवर्गीय संगठनसंग ‘रिपोर्ट कार्ड’ माग गरेका थिए । जनसंगठनका गतिविधि क्रियाशिल बनाउन अनिवार्यरुपमा प्रतिवेदन लिखितरुपमै मागिएको जनसंगठन समन्वय संयन्त्र बिभाग प्रमुख किशाेर थापाले बताउनुभएको थियो । एमालेमा २३ वटा जनसंगठनहरु छन् । त्यसकाे परिचालन जनसंगठन समन्वय संयन्त्र बिभाग
विभागले गर्ने गर्छ । त्यसकाे प्रमुखमा उपसचिव थापाले जिम्मेवारी सम्हालेसंगै जनसंगठनका गतिविधि सक्रिय बनाइएको छ ।

नेकपा एमाले बाँकेका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख किशोर थापा हरेक दिन पुर्णकालीन रुपमा पार्टी तथा जनताको काममा खट्ने र
पार्टीका नेता तथा कार्यकर्ता भेट्ने, नेता तथा कार्यकर्ताको गाउँ घरमा पुगेर नै समस्या समाधान गर्ने र पार्टीको गतिविधिमा सहभागिता हुँदै बाँके जिल्लामा एमालेलाई बलियो बनाउन लागी परेका छन् ।

(नागरिक समाज म्यागजिनको २०८२ बैशाखको अंकमा प्रकाशित)

प्रतिक्रिया