मुस्लिम इत्तेहादको महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्रले प्रचार र स्वयंसेवक परिचालन गर्ने

नेपालगन्ज : नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेको जन संगठन संयन्त्रले विभिन्न निर्णयहरु गरेको छ ।

नेकपा एमाले बाँकेको २३ वटै भातृसंगठन सहभागी रहेको संयन्त्रले नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न डिजिटल प्रचारप्रसारको कामलाई तिब्र पार्ने निर्णय गरेको हो ।

नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाको अध्यक्षतामा बसेको बैठकले डिजिटल प्रचारप्रसारको कामलाई तिब्र रुपमा अगाडी बढाउने र त्यसको लागी २३ वटै भातृसंगठनका अध्यक्ष तथा इन्चार्जले बाकेमा आयोजना हुने मुस्लिम इत्तेहादको अधिवेशन सफल पार्न सहभागीताको लागी भिडियो मार्फत आव्हान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन सफल पार्न जनसंगठन समन्वय संयन्त्रले हरेक भातृ संगठनको अध्यक्ष सहित एक सय जना स्वयंसेवक सहितको हेल्पडेक्स संचालन गर्ने निर्णय समेत गरिएको छ भने महाधिवेशनमा २३ वटै भातृसंगठनको उपस्थिति र एकरुपता ल्याउन एउटै साइजको ब्यानर सहित उपस्थिति जनाउने निर्णय समेत गरिएको छ ।

त्यस्तै बैठकमा नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रलाई मजबुत पार्न र पार्टीलाई संगठित र बलियो बनाउन संयन्त्रले पहलकदमि लिने निर्णय समेत गरिएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेटमा आयोजना हुनेछ ।

प्रतिक्रिया