मुस्लिम इत्तेहादको राष्ट्रिय अधिवेशनमा ‘युवा परिचालन गरिने’

नेपालगन्ज : यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशनमा युवा परिचालन गरिने भएको छ ।

शुक्रबार महाधिवेशनको तयारी बारे आयोजना भएको छलफलमा राष्ट्रिय युवा संघ नेपाल, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष धिरु थापा मगर, इत्तेहाद महाधिवेशन युवा परिचालन संयोजक मुस्ताक अन्सारीले महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता रहने आवश्यकता अनुसार सहजीकरणका लागि युवा परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका बाँके अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मो. हारुनले बाँकेमा महाधिवेशन हुनुलाई अवसरका रुपमा बाँकेका एजेण्डा स्थापित गर्न सबैले जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा इत्तेहादका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले महाधिवेशन सफल पार्न आव्हान गरिेका थिए ।

नेकपा एमाले नगर सचिव रवि बर्माले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य उषा थापा, एमाले सम्बद्ध युवाहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया