
नेपालगन्ज : नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रले हेल्प डेक्स र स्वयंसेवक परिचालनको लागी तयारी पुरा गरेको छ ।
नेकपा एमाले बाँकेको २३ वटै भातृसंगठन सहभागी रहेको समन्वय संयन्त्रले नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न तयारी स्वरुप बैठक सम्पन्न गरेर सोको जानकारी दिएको हो ।
नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाको अध्यक्षतामा बसेको बैठकले बाँकेमा आयोजना हुने मुस्लिम इत्तेहादको अधिवेशन सफल पार्न स्वयंसेवक र हेल्पडेक्स सहित २० गते बिहान मोटरसाइकल र्यालीको आयोजनाको लागी तयारी गरिएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय कोषाध्यक्ष तथा ७ औं राष्ट्रिय महाधिवेशन तयारी समिति संयोजक अब्दुल करीम खान, नेकपा एमाले केन्द्रीय सदस्य तथा मुस्लिम फाट इन्चार्ज मोहम्मद हारुन हल्वाई लगायत राष्ट्रिय युवा संघ नेपाल तथा विभिन्न भातृसंगठनका प्रतिनिधिहरु सहभागीता भएको बैठकमा महाधिवेशन सफल पार्न कार्य बिभाजन समेत गरिएको थियो ।
यस अघि नै मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन सफल पार्न जनसंगठन समन्वय संयन्त्रले हरेक भातृ संगठनको अध्यक्ष सहित एक सय जना स्वयंसेवक सहितको हेल्पडेक्स संचालन गर्ने निर्णय समेत गरिएको छ भने महाधिवेशनमा २३ वटै भातृसंगठनको उपस्थिति र एकरुपता ल्याउन एउटै साइजको ब्यानर सहित उपस्थिति जनाउने निर्णय समेत गरिएको थियो ।