नेता थापाको सक्रियता : ‘पर्यटक मैत्री नाका’ बनाउनु पर्नेमा जोड

नेपालगन्ज : नेकपा एमाले बाँकेका नेता किशोर थापाले नेपालगन्जमा रहेका भन्सार कार्यालय र अध्यागमन कार्यालय पुगेर सेवाप्रवाहको बारेमा जानकारी र चासो लिएका छन् ।

नेकपा एमाले बाँकेका उप-सचिव तथा जनसंगठन समन्वय संयन्त्रको प्रमुख समेत रहेका थापाले नेपालगन्जमा रहेको भन्सार र अध्यागमन कार्यलयले केही काम सुधार गर्न सके जमुनहा नाका भएर नेपालगन्ज आउने भारतीय पर्यटक बढ्ने भन्दै जानकारी र चासो लिएका थिए ।

नेपालगन्ज मध्यपश्चिम तथा सुदुरपश्चिमको प्रमुख नाकाको रुपमा रहेको र पर्यटकहरु नेपालगन्ज नाका भएर आउने तर ब्यवस्थापन चुस्त नहुदा र पर्यटकले विभिन्न सास्ती खेप्ने गुनासो बेलाबेलामा आउने भएको हुँदा केही सेवा बढाउनु पर्ने र केही सुधार गर्नुपर्ने आवश्यकता रहेको नेता थापाले बताएका छन् ।

आगमन र प्रस्थानको छाप लगाउने सेवा नेपालगन्जमा रहेको अध्यागमन कार्यालयले कोरोना अघि दिदै आएको भएपनि कोरोनापछी भने रोकिएको थियो । सो अहिलेसम्म सुचारु नभएको र त्यसको लागी राजनैतिक र कार्यलयको तर्फबाट पनि पहल गर्नु पर्ने थापाले बताउनुभयो ।

अध्यागमन कार्यालय नेपालगन्जका प्रमुख दुर्गा कुमारी ओलीसंग भेट गर्दै नेता थापाले कार्यलयको तर्फबाट पहलकदमी गर्न र राजनैतिक संयन्त्रबाट आफुले गर्ने पहल गर्ने बताउनुभएको थियो ।

अध्यागमन कार्यालय नेपालगन्जका प्रमुख दुर्गा कुमारी ओलीले आगमन र प्रस्थानको छाप लगाउने काम नेपालको कारण भन्दा पनि भारत सरकारले नै रोकेको हुनाले नेपालमा मात्रै उक्त सेवा दिएर नहुने हुँदा काम रोकिएको जनाउनुभएको थियो । साथै यसबारेमा आफुहरुले बिभागमा कयौंपटक कुरा राखेको बताउनुभएको थियो ।
त्यस्तै नेता थापाले नेपालगन्जको जमुनहा सिमानाका र आइपिएसको समेत भ्रमण गरेका थिए ।

भारतबाट आउने भारतीय पर्यटकलाई राती १० बजेसम्म भित्रन दिए पनि पटके लगायतका सुबिधा राती १० बजेसम्म नहुदा पर्यटकले सास्ती खेप्नु परेको भन्दै त्यसको सुधारको माग समेत गर्नुभएको छ ।

भारतबाट नेपालगन्ज हुँदै नेपाल भित्रदा शहर र बाँके जिल्लाको प्रचारप्रसार हुने, यहाँका होटेल तथा अन्य मनोरञ्जन ब्यवसायमा टेवा पुग्ने तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष ब्यवसायहरुमा टेवा पुग्नुका साथै देशको अर्थतन्त्रमा समेत सकारात्मक असर गर्ने हुँदा कयौं सानातिना कुराहरुलाई सुधार गरेर पर्यटक मैत्री नाका बनाउनु पर्ने नेता थापाले जिकिर गरेका छन् ।

पर्य्टकको लागी भन्सार सेवा भन्सार कार्यालयले प्रदान गर्ने र पटके सेवा चाहिँ यातायात कार्यालयले प्रदान गर्ने हुँदा पटके सुबिधा लिनको लागी पर्यटकले सास्ती भोग्नु परेको हुँदा भन्सार कार्यालयले प्रदान गर्ने सुबिधा र यातायात कार्यालयले प्रदान गर्ने पटके सुबिधा एकै स्थानबाट प्रदान गर्ने ब्यवस्था गर्नु पर्ने जिकिर गरेका छन्, जसले पर्यटकले अनावश्यक झन्झट र सास्ती खेप्नु पर्ने थापाले बताए । जसको प्रत्यक्ष असर पर्यटकको संख्यामा पर्ने थापाले बताए ।

त्यस्तै भन्सार तथा भन्सार कार्यालयले प्रदान गर्ने सेवाको बारेमा बुझ्न नेता थापाले नेपालगन्ज भन्सार प्रमुखसंग भेटगर्ने कोसिस गरेपनी भेट भने हुन नसकेको बताउनु भएको थियो ।

प्रतिक्रिया