
नेपालगन्ज : नेपाल मुस्लिम ईत्तेहाद संगठनको नेपालगन्ज नगर अधिवेशनले मोहम्मद इसराईलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मोहम्मद इसराईलको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहम्मद फारूक खाँ, सचीवमा मोहम्मद शाहिद सल्मानी (समीर), उपसचिवमा शमा अन्सारी र मोहम्मद मुबश्शिर कैय्युम हल्वाई, कोषाध्यक्षमा मेराज अन्सारी निर्वाचित भएका छन ।
यस्तै इत्तेहाद नगर कमिटीको सदस्यमा अली रजा बेहना, हाजी निजामुद्दीन सल्मानी, मोहम्मद आरिफ राई, महफूज राई, अन्जुमन बानो अन्सारी र मोहम्मद अमीन हल्वाईलाई चयन गरिएको छ भने एक जना सदस्य नवनिर्वाचित कमिटीले मनोनीत गर्ने इत्तेहाद बाँकेका अध्यक्ष मोहम्मद शफीक बेहनाले बताए ।
त्यस्तै कार्यक्रममा नेपाल मुस्लिम इतिहद संगठन केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदधिकारी सदस्यहरु र सातौं महाधिवेशनमा आफ्नो अमूल योगदान दिनुभएको कामरेडहरूलाई सम्मान गर्दा समेत गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम ईत्तेहाद संगठनको केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हल्वाई, केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ती ढकाल, नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ तथा नेकपा एमाले बाँके जिल्ला उपसचिव किशोर थापा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सकिल अहमद कादरी, प्रेस चौतारी बाँकेका उपाध्यक्ष रामुओली लगायतको सहभागीता रहेको थियो ।


