
नेपालगन्ज : अवसरमा नेकपा एमाले नेपालगन्ज कमिटीले दिप प्रज्वलन सहितको कार्यक्रम गरि १८ औँ गणतन्त्र दिवस मनाएको छ ।

१८ औँ गणतन्त्र दिवसको अवसरमा नेपालगन्जको पुष्पलाल चोकमा दिप प्रज्वलन सहितको कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो ।
नेकपा एमाले नेपालगन्ज नगर कमिटिको अध्यक्ष मोहित शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले सम्बोधन गर्दै गणतन्त्र रक्षाका लागी एमालेका सबै नेता तथा कार्यकर्ताले गणतन्त्रले दिएका उपलब्धिको चर्चा गाउँ गाउँ सम्म लैजानुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाई, केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ती ढकाल लगायतले सम्बोधन गर्दै गणतन्त्रका उपलब्धिका बारेमा चर्चा गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा गरिएको कार्यक्रममा नेकपा एमाले नेपालगन्ज नगर कमिटिले निकालेको भित्ते पात्रो समेत बिमोचन गरिएको थियो ।


