
उत्सव सिजाली : नेपाल तरुण दल नेपाली कांग्रेस को भातृ संस्था हो । जसको स्थापना बि.स.२०१० कार्तिक १० गते बि.पि. कोइरालाले गर्नु भएको थियो । समाजबादी आन्दोलन मार्फत नेपाललाई समृद्व र सुन्दर बनाउने प्रमुख उदेश्यका साथ नेपाल तरुण दलको स्थापना भएको हो ।

लोकतान्त्रिक राज्य ब्यवस्था एवं मुल्यपद्वती स्थापनका लागि २००३ साल देखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मुल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्वारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्वारा बर्सौदेखि जरा गाडेर बसेको सामन्ति परिपाटि र संस्कारका विरुद्ध मुलुकलाई आर्थिक सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामुलक संस्कृतियुक्त राज्यब्यवस्था तर्फ लैजान बिपि कोइरालाको मुल प्रेरणामा २०१० कार्तिक १० गते गठन भएको तरुण दलको गौरबपुर्ण एेतिहासिक स्थापनालाई स्मरण गर्दै ,नेपाली कांग्रेसले निर्दीस्ट गरेको राष्ट्रियता,लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार सम्बत २०४६ सालको जनआन्दोलनले स्थापित गरेको मुल्य र पद्वतिको अभ्यास र अनुपालनका साथ शहिदहरुलाई स्मरण गर्दै सम्मान गर्दै नेपाली समाजलाई गरिबि, पछौटेपन एवं सामन्ति संस्कार र प्रबृतिबाट मुक्त गरि लोकतन्त्रलाई कुशलता पुर्बक सन्चालन गर्न सक्ने पुस्ता तयार गर्ने प्रयोजनले देशको तरुण शक्तिलाइ संगठित रुपमा परिचालन गर्न बि.स. २०५४ कार्तिक ५,६ र ७ गते बाँके को (नेपालगन्ज) मा सम्पन्न नेपाली कांग्रेस को महासमितिको बैठकद्वारा पुन: स्थापित नेपाल तरुण दललाई कार्यकर्तामा आधारित ९त्रब्मचब धब्यथ ) सशक्त ,जुझारु, गतिशिल तरुण संगठनका रुपमा अगाडि बढाउनको लागि नेपाली कांग्रेसद्वारा २०५४ मार्ग १९ गते जारी गरिएको नेपाल तरुण दलको अवधारणा पत्रको मुल भावना अनुसार २०५५ माघ १८ र १९ गते ललितपुरमा सम्पन्न दलको बिधान २०१० लाई पुर्नलेख्न गरि २०५४ असोज ६ देखि ९ गते सम्म मकवानपुरको हेटौडामा सम्पन्न नेपाल तरुण दलको द्वितिय राष्ट्रिय महाधिबेशनले २०६१ जनकपुर एवं २०६४ भरतपुरको संशोधनबाट समेतलाई ध्यानमा राख्दै २०६९ असोज१५ गते सम्पन्न केन्द्रिय समितिको पुर्ण बैठकले दलको बिधानलाई संशोधन सहित पारीत गरेको थियोे ।
यसको प्रथम राष्ट्रिय महाधिबेशन बि.स. २०१७ साल पौष १ गते काठमाडौको थापाथलिमा उद्वाटन प्रारम्भ भएको थियोे ! उद्वाटन नेपाली कांग्रेस का सभापती एब्म तत्कालिन प्रधानमन्त्रि बि.पि. कोइराला ले गर्नु भएको थियोे भने तरुण दलको सस्थापक अध्यक्ष सिह्ध्वज खडका हुन ।
नेपाल तरुण दल सबै राज्नैतिक दलका भातृ सङ्गठनहरु मध्ये सबै भन्दा जेठो सङ्गठन हो । २०१५ सालमा भएको पहिलो निर्बाचनमा नेपाली कांग्रेस लाई दुई तिहाइको सिट सहित पहिलो पार्टी बनाउन महत्वपुर्ण भुमिका निर्बाह गरेको भनि तरुण दल प्रती नेताहरुको अझै पनि उत्तिकै बिश्वास छ ।
तरुणहरु भनेको बिद्यार्थी जस्ता होइनन् र पार्टीका नेता जस्ता पनि होइनन् तरुणहरु भनेका फरक खालको युवाहरुको क्याडरबेस अर्गनाइजेसन हो भन्ने भनाइ महामानब बिपि कोइरालाको थियोे र तरुणदल कांग्रेसको भातृ संस्था मात्र होइन साथी संस्था हो भन्ने भनाइ चाहिँ सन्त नेता कृष्ण प्रसाद भट्टराईको थियोे ।
युवा पुस्ताले राजनीति किन गर्ने के का लागि गर्ने अहिले सबै भन्दा महत्वपुर्ण प्रश्न नै यहि हो । जोगि बन्न राजनीति मा लागेको हो ? कि पैसा र पावरको लागि राजनीतिमा लागेको हो भन्ने भनाइ प्रश्नमा आइरहन्छन ।
तसर्थ मेरो बिचारमा राजनीति नितान्त सेवा हो ,सेवाको संस्कृती र राजनितिज्ञको आचरण हुनु पर्दछ !यदि सुबिधा भोग बिलासिताका कुराहरु पैसा कमाउने हो भने ब्यापार ब्यवसाय या अनेक बाटाहरु पनि छन त्यतै लाग्दा हुन्छ ।
युवाहरुको उत्पादनको स्रोत बन्द गरेर युवा नेतृत्व खोज्नु भनेको करकारखाना बन्द गरेर त्यसैको सामान खोज्न बजार दौडनु जस्तै हो । आजको राजनितिक बजारमा उधोगि, ब्यापारी, ठेकेदार, कलाकार,
बिचौलिया र दलालहरुको उपस्थिती ले बाकलिदै जानू यसैको उपज हो । यसप्रती बेलैमा सचेतता नअपनाए राजनितिले सहि दिशा लिन सक्दैन । (लेखक उत्सब सिजाली मगर नेपाल तरुण दल बाँके जिल्ला सदस्य हुन्)


