
नेपालगन्ज : अखिल नेपाल किसान महासंघ बाँकेले स्थानीय तहको बजेटमा किसानका समस्या समाधानको लागी बाँकेका ८ वटै स्थानीय तहमा मागपत्र बुझाएको छ ।

अखिल नेपाल किसान महासंघ बाँके कमिटीको बैठकले बाँके जिल्ला भित्रका किसानले भोग्नु परेका समस्या समाधान गर्न आगामि बजेटमा समावेश गर्नुपर्ने भन्दै आफ्ना मागप्रती स्मरण गराउदै आफ्नो माग पत्र बाँकेका सबै स्थानीयतहमा बुझाएको हो ।
जिल्लामा किसानले भोग्दै आएका समस्या आगामी बजेट मार्फत समाधान गर्नको लागी पहलस्वरुप सबै स्थानीय तहलाई मागपत्र बुझाएको अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसीले बताएका छन् ।

हेर्नुस् मागपत्र


