
नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर दुईमा बहुप्रतिभाको खोजी कार्यक्रम सुरु भएको छ । बिहिबार उद्घाटन भएको कार्यक्रम शुक्रबार समापन हुनेछ ।

खजुरा गाउँपालिका वडा नम्बर दुईको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाले बहुप्रतिभाको खोजी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो ।
उद्घाटन समारोहका प्रमुख अतिथी तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर तुफानले खजुरामा विद्यार्थीहरुलाई नयाँ सीप र सिकाई गराउदै आएको सम्झना गर्दै ब्यवहारीक ज्ञानको खोजी गर्ने र सीप प्रदान गर्ने उदेश्यले बहुप्रतिभाको खोजी कार्यक्रमले निरन्तरता पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

हाम्रा विद्यार्थी अध्यन गर्ने मात्रै भन्दा पनि ब्यवहारीक रुपमै क्षमतावाल हुनुपर्ने हाम्रो उदेश्य अनुरुप यस्तो नयाँ कार्यक्रम आयोजना गरेको अध्यक्ष बिकले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष तथा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओलीले यो कार्यक्रमले बहुप्रतिभावाल विद्यार्थी छनौट मात्रै गर्ने नभएर विद्यार्थीलाई निवेदन लेख्न सिकाउने देखी हाम्रो दैनिक जिवनमा आइपर्ने कार्यलयका कामकाज तथा कानुनी प्रक्रियाको बारेमा समेत ज्ञान दिने उदेश्य सहित यो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नेपाल नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखा अध्यक्ष यमनारायण महतले कार्यक्रममा बिबिध किसिमको प्रतिभाको खोजी हुने बताएका थिए ।
गायन तथा नित्य, लेखन शैली, प्रस्तुती तथा डिजिटल लिट्रेसी गरि चार बिधामा रहेर प्रतिभाको खोजी गरिने अध्यक्ष महतोले बताए ।
कार्यक्रममा बिधागत रुपमा प्रथम हुनेलाई बिधागत पुरस्कार र समग्रतामा पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल,
निर्णायक मण्डलका सुन्दर गुरुङ , केपी शाही, खजुरा गाउँपालिकाका प्रेस संयोजक चन्द्र बोहोरा, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक लगायत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।


