
नेपालगन्ज : जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षाराेपण गरेकाे छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले त्यसकाे अगुवाई गरेका थिए ।

मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालकाे अगुवाइमा नेकपा एमाले बाँकेकाे पार्टी कार्यालय परिसरमा बृक्षाराेपण गरियाे । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल,केन्द्रीय सदस्य माेहमद हारुन,जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा एमाले बाँकेका उपसचिव तथा जन संगठन संयन्त्र प्रमुख किशोर थापा, पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता थियाे ।
उपसचिव तथा जन संगठन संयन्त्र प्रमुख किशोर थापाले जिल्लाभर विभिन्न जातका पाँचसय बढि बाेट बिरुवा लगाएको बताएका थिए ।



