प्युठानी युवा समाज र फोनिज बाँकेको सहकार्यमा वृक्षारोपण

नेपालगन्ज : “वृक्षारोपण गरोैं हरियाली बनाओैं” भन्ने नारा सहित प्युठानी युवा समाज बाँके र आदिवासीजनजाति पत्रकार महासंघ बाँके (फोनिज) को सहकार्यमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको भएको छ ।

प्युठानी युवा समाज बाँकेका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा भएको शनिबार वृहत् वृक्षारोपण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा न.२० स्थित राझा एयरपोर्ट नजिकै रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण भएको हो ।

आदिवासीजनजाति पत्रकार महासंघ बाँकेको सहकार्यमा भएको वृहत् वृक्षारोपणमा झण्डै पचास भन्दा धेरै विभिन्न जातिका फलफूलका विरुवाहरु वृक्षरोपण भएको आदिवासीजनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापा मगरले बताउनुभयो ।

तेस्तै कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष बिष्णु श्रेष्ठ , उपाध्यक्ष लक्षमन पन्थी , कोषाध्यक्ष रामचन्द्र पोख्रेल , सल्लाहकार नवीन शर्मा , मेघराज पोख्रेल , पदम सुवेदी , सशिधर भण्डारी , विष्णु केसी , रेशम श्रेष्ठ लगायत सकृय प्युठानी युवाहरुको उपस्थिति रहेको थियोे भने फोनिज बाँकेबाट फोनिज अध्यक्ष अशोक थापा मगर, फोनिज केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ , फोनिज प्रदेश कोषाध्यक्ष भगतराम थारु र फोनिज बाँकेका उपाध्यक्ष सोम गुरुङ , पशुपति मन्दिर व्याबस्थापन समिति, स्थानीय तथा राजनिती क्रमी लाल बहादुर थापा, प्रज्वल शाही लगायतको उपस्थितिमा वृक्षारोपण भएको थियोे ।

प्रतिक्रिया