
काठमाडौं :

अख्तियार दुरुपयोय अनुसन्धान आयोगद्वारा घुससहित एक प्रहरी हवल्दार समातिएका छन।
काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिँदै गर्दा आयोगले प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत हवल्दार राजु श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठलाई आठ हजार रुपैयाँ घुससहित
दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ गरिएको हो।