
काठमाडौँ:

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी महाधिवेशनको मिति टुंगो लगाएको छ । शुक्रबारको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरी केन्द्रीय कार्य समितिको म्याद ७७ फागुन १९ गतेसम्म थप गरेको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय कार्य समितिको म्याद ०७७ फागुन १९ गतेसम्म थप भएको छ । महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको म्याद थप भएको हो।
शुक्रबारको केन्द्रीय समितिले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने कांग्रेस केन्द्रीय विभागको संख्या २८ बाट ४१ पुर्याउने निर्णय गरेको छ । वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग गर्दै मंसिर २६ गतेदेखि निरन्तर छ वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए ।
पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन् । देउवाले भातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थपेका छन् । गत कात्तिकमा तरूण दलको म्याद सकिएको थियो ।